झापामा ब्राउन सुगरसहित ६ जना पक्राउ « Khabarhub

झापामा ब्राउन सुगरसहित ६ जना पक्राउ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रहरीले झापामा लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क छेउको एक होटलबाट प्रहरीले बुधबार ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९.२९ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाइल र रू ५५ हजार नगद बरामद गरेको छ ।

विसं २०७६ जेठदेखि फागुन २१ गतेसम्ममा इलाका प्रहरी कार्यालय अनारमनीले लागुऔषधसहित ५६ लाई पक्राउ गरेको छ । पछिल्लो समय झापामा लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको