काठमाडौंमा मेकानिकल पार्किङ बनाउन प्रस्ताव « Khabarhub

काठमाडौंमा मेकानिकल पार्किङ बनाउन प्रस्ताव


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अव्यवस्थित सवारी पार्किङले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदुषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन् ।

थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, सहरी सुन्दरता बढाउन र प्रदुषण घटाउन सकिने, सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने हुँदा मेकानिकल पार्किङ उपयुक्त देखिएको हो ।

प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकोले राजस्वमा वृद्धि हुने, पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकोले मेकानिकल पार्किङ्को प्रस्ताव अघि सारेका बताए ।

सर्वेक्षण टोलीका अर्का प्रतिनिधि सेइजि ओकानोले यो प्रणाली जडान र सञ्चालन गर्दा महानगरका प्राविधिकलाई प्रविधि र प्राविधिक पक्षमा बुझ्ने बनाउने र त्यसपछि परियोजना महानगरलाई निःशुल्क हस्तान्तरण गर्ने योजना सुनाए । तर, यो परियोजना जाइकाले स्वीकृत गरेपछि मात्र लागु हुने उनले बताए ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौंमा बढ्दो सवारी चाप नियन्त्रण गर्न र अव्यवस्थित पार्किङ प्रणालीलाई विस्थापन गर्न अपरिहार्य भएको बताउँदै प्रस्तावकले दिएको परियोजनाभन्दा आधारबाटै महानगर सहभागी भएको परियोजना महानगरको प्राथमिकतामा रहेको जानकारी दिऐ ।

‘जरुरी छ, नभइ हुँदैन तर एकैपटक जटिल खालको प्रविधि ल्याउने नसोचौं ’ उनले भने, ‘शुरुवातमा सामान्य प्रविधिको उपयोग गरौं, यसलाई विस्तार र विकास गर्दै लैजाऔ ।’

काठमाडौं महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सशुल्क पार्किङ् सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रुली योर्स प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवालले सहरमा भएका कारहरु ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी ५ प्रतिशत मात्र सडकमा गुड्ने भएकोले पार्किङमा समस्या देखिएको बताए ।

बैठकमा सार्वजनिक निजी साभेदारि इकाइका प्रमुख ध्रुवकुमार काफ्ले, भौतिक पूर्वाधार बिकास बिभागका इञ्जिनियरहरु प्रेमबहादुर श्रेष्ठ र जनार्दन गिरीलगायत अधिकारीहरु सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : १७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि