इंग्लिस प्रिमियर लिग क्लबले खेलाडीको ३० प्रतिशत तलब कटौति गर्न आग्रह गर्ने « Khabarhub

इंग्लिस प्रिमियर लिग क्लबले खेलाडीको ३० प्रतिशत तलब कटौति गर्न आग्रह गर्ने


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिका लागि आग्रह गर्ने भएका छन्।

यस्तै सुरक्षित र उपयुक्त नठानिएसम्म रोकिएका लिगका खेलहरु शुरु नगर्ने पनि प्रिमियर लिग क्लबहरुबीच सहमति बनेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिगका खेलहरु अहिले स्थगित छन्।

खेल स्थगित हुँदा क्लबलाई परेको आर्थिक भार कम गरी खेलाडी बाहेकका कर्मचारीहरुलाई तलब खुवाउन सहज होस् भन्ने उद्देश्यले क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिका लागि आग्रह गर्ने भएका हुन् ।

शुक्रकार प्रिमियर लिग क्लबहरुबिच भएको भिडियो कन्फ्रेन्स मार्फतको बैठकमा यस्तो सहमति बनेको हो । क्लबहरु सबै लिग र कपका खेलहरु पूरा गर्ने पक्षमै छन् ।

प्रिमियर लिगको यो सिजन मेको शुरुमा पुनः शुरु हुने सम्भावना नरहेको र उपयुक्त लागेको समयमा मात्रै निर्णय गरिने क्लबहरुले बताएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : २३ बजे

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव