जापानमा कोरोना भाइरसको संक्रमण उच्च, टोकियो पनि न्युयोर्ककै अवस्थामा पुग्ने खतरा « Khabarhub

जापानमा कोरोना भाइरसको संक्रमण उच्च, टोकियो पनि न्युयोर्ककै अवस्थामा पुग्ने खतरा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जापानमा कोरोना भाइरसका संक्रमित दैनिक दोब्बरले बढ्न थालेपछि अमेरिकाको न्युयोर्कको अवस्था बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

समाचार संस्था सीएनएनका अनुसार मार्चको अन्तिम दिन जापानको टोकियोमा ४० जना संक्रमित देखिएकामा त्यसयता विहिबार ९७ जना र शुक्रबार ८९ जना नयाँ संक्रमित देखिएका छन् ।

कोवे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केनटारो लावटाले  टोकियोमा अहिलेकै दरमा संक्रमण फैलदै गए अवस्था भयाभव हुने चेतावनी दिएका छन् ।

‘जापान सरकारले अहिले नै संक्रमण रोकथामका लागि तत्कालै कदम चाल्न जरुरी छ, सरकारी वेवास्ताले गलत बाटो लिइरहेको छ,’ लावटाले भने,’ यही अवस्था भए टोकियो अर्को न्युयोर्क हुनसक्छ ।’

न्युयोर्कमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २९ सय मानिसको मृत्यु भइसकेको छ ।

जापानमा कोरोना भाइरसबाट शुक्रबार अवेरसम्म ७४ जनाको मृत्यु भएको छ भने ३ हजार ३२९ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको