न दूध बिक्छ न दाना पाइन्छ, हामी कसो गरौँ ! | Khabarhub Khabarhub

न दूध बिक्छ न दाना पाइन्छ, हामी कसो गरौँ !


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवलपरासीका ७० वर्षीय किसान खेमराज पौडेलले दैनिक ५ सय लिटर दूध उत्पादन गर्छन् । उनको गोठमा ७५ वटा माउ गाई छन् । पराल र दानामा मात्र दैनिक २० हजार रुपैयाँ खर्च लाग्छ ।

ठ्याक्कै १० दिन भयो उनले दूध बेच्न नपाएको । उनको गोठको सबै दूध पोखराको फिस्टेल डेरीले किन्थ्यो । लकडाउन पछि फिस्टेल डेरीले दूध लगेको छैन । पौडेलले भने, ‘लकडाउनपछि डेरीले दूध संकलन गर्न छोडको छ, अहिले नवलपरासीका किसानले नालीमा दूध बगाउनु परेको छ ।’

बजारमा दूध खपत कम गएपछि र डेरी उद्योगहरूले संकलन गर्न छाडेकाले दूध नालीमा बगाउनु परेको पौडेलले बताए ।

उत्पादित दूधबाट अहिले घिउ बनाएर राख्न सकिँदैन र ?

पौडेलले उल्टै प्रश्न गरे, ‘थोरै दूध भए घिउ बनाउन सकिन्थ्यो, दिनकै ५ सय लिटर हुन्छ, घिउ बनाएर सम्भव छ र ?’

समस्या दूध बेच्न पाइएन भन्नेमात्रै छैन । दाना र पराल अभावले गाई फुकाएर धपाउने कि गोठमा भोकै मार्ने भन्ने चिन्तामा पनि परेका छन् किसानहरू ।

नवलपरासीका मात्रै होइन, देशभरका करिब ५ लाख पशुपालक किसान मर्कामा परेका छन् । उत्पादित दूध बजारमा पाउन नसक्दा आम्दानी हुँदैन । दाना जुटाउन पनि कठिन पर्छ ।

खपत २५ प्रतिशत घटेको छ : डीडीसी

काठमाडौं उपत्यकामा मात्र दैनिक १ लाख लिटर दूध खपत गर्ने दुग्ध विकास संस्थान (डीडीसी) लकडाउनमा दैनिक ७५ लाख लिटर विक्री गर्दैछ ।

डीडीसी सरकारको पूर्ण स्वामित्वको संस्थान हो । संस्थानका अधिकारी दुग्ध पदार्थ ढुवानीमा कुनै पनि समस्या नरहेको बताउँछन् ।

‘उपत्यकाका १ हजार २ सय पसलहरुमा दूध ढुवानी भइरहेको छ’ संस्थाका उपमहानिर्देशक राजेन्द्र अधिकारीले भने, ‘दैनिक बिहान १ बजेदेखि ७ बजेसम्म ढुवानी गरिरहेका छौँ ।’

विशेष गरी चैतदेखि भदौसम्म दूध उत्पादन र संकलन बढ्नुपर्ने हो तर कोरोना भाइरसका कारण उत्पादन घटेको छ । बजारमा विक्री हुन नसकेको दूध विराटनगरमा पाउडर उद्योगले पाउडर बनाइरहेको अधिकारीले बताए ।

हाल होटल र रेष्टुरेन्टहरू बन्द रहेको त्यस्ता क्षेत्रमा दूध विक्री बन्द छ । महानिर्देशक अधिकारीका अनुसार होटल क्षेत्रमा मात्र दैनिक १० हजार लिटरसम्म दूध खपत हुन्थ्यो ।

निजी क्षेत्रका दुग्ध उद्योगहरू पनि मारमा परेका छन् ।

ढुवानीमा समस्या छ : दुग्ध उद्योग संघ

देशव्यापी लकडाउनका कारण बजारमा दूध खपत ५० प्रतिशतले घटेको दुग्ध उद्योग संघले जनाएको छ ।

संघका अनुसार अहिले ३ लाख लिटर हाराहारीमा दूध संकलन भइरहेको छ भने त्यसको आधामात्र खपत हुन्छ । दही, नौनी, घिउ, चिज लगायतको पनि खपत घटेको छ ।

बजारमा खपत घटेपछि संघले एक साता दूध संकलन बन्द गरेको थियो । उद्योगले संकलन गर्न छोडेपछि कतै किसानहरूले दुध गाईभैँसीलाई नै खुवाउन थाले भने कतै सडकमा पोख्न ।

किसानबाट दूध संकलन गरेर धुलो दूध बनाउन खोजेको तर संकलनमा कठिनाइ भएकोले काम अघि बढाउन नसकेको संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

सरकारले लकडाउनका समयमा दैनिक उपभोग्य सामग्री ढुवानीमा असर पर्न नदिने भने पनि दूध ढुवानी हुन नसकेको उनको भनाइ छ ।
‘दूध संकलन गर्न गएका ट्याङकरलाई प्रहरीले कि घरमा कि कार्यालयमा बस्नु भन्दै फर्कादिन्छ’ राजभण्डारीले भने, ‘कर्मचारी नै नभएपछि दूध संकलन गर्न सकिएन ।’

कृषि मन्त्रालयको तथ्यांकअनुसार व्यवासायिकरूपमा देशभर दैनिक २२ लाख लिटर दूध उत्पादन हुन्छ । सामान्य अवस्थामा उपत्यकामा मात्र ६ लाख लिटर दूध बजारमा खपत हुन्छ । अहिले २ लाख लिटर जतिमात्र खपत भइरहेको केन्द्रीय दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ ।

यता गाईभैँसी पालेर बजारमा दूध पठाइरहेका किसान एकै पटक दुई वटा समस्या झेल्दैछ । एकातिर उनीहरूले दूध बगाउनु परेको छ भने अर्कातिर दाना नपाएर गाईभैँसी भोकै छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ५६ बजे

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई

माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई