युरोपियन मुलुकले आज ११ सयभन्दा बढी आफ्ना नागरिकलाई नेपालबाट फर्काउँदै « Khabarhub

युरोपियन मुलुकले आज ११ सयभन्दा बढी आफ्ना नागरिकलाई नेपालबाट फर्काउँदै


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लकडाउनले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जर्मनी र फ्रान्स लगायतलका युरोपियन मुलुकले आज पनि स्वदेश फर्काउँदैछन् ।

उनीहरुलाई विभिन्न ४ वटा चाटर्ड विमानमार्फत स्वदेश फर्काउन लागिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार कतार एयरवेजको दुई वटा चाटर्ड फ्लाइट,  श्रीलंकाको मालिन्दो एयरलाइन्स र एउटा मलेसियन एवरलाइन्सबाट ११ सय भन्दा बढी युरोपियन मुलुकका नगारिक स्वदेश फिर्ता हुन लागेका हुन् ।

स्वदेश फर्कनेमा फ्रान्स, जर्मनी, चेक रिपब्लिक, अष्ट्रिया लगायतका मुलुकका नागरिक छन् । फ्रान्सका नागरिक लिएर जाने विमानमा १० प्रतिशत अन्य युरोपियन देशका नागरिक पनि हुने बताइएको छ।

कतार एयरवेजको विमान दोहा हुँदै पेरिस जानेछ भने जर्मनी जाने विमानमा २० प्रतिशत अन्य युरोपियन देशका नागरिक हुनेछन् ।

यसअघि जर्मनीले नेपालबाट दुईपटक र फ्रान्सले एकपटक चार्टर्ड विमानमार्फत आफ्ना नागरिक स्वदेश फर्काइसकेका छन् ।

अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकाले पनि विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन्। अमेरिका र दक्षिण कोरियाले आइतबार पनि नेपालबाट आफ्ना नागरिक फिर्ता लैजाँदै छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : ५६ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष