बेलायत र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा चीनमाथि कारवाहीको माग | Khabarhub Khabarhub

बेलायत र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा चीनमाथि कारवाहीको माग


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाभाईरस फैलिएपछि शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छन् ।

अमेरिकापछि अब बेलायत र अष्ट्रेलिया चीनविरुद्ध आमनेसामनेमा उभिएका छन् । कोरोनाभाईरसको उद्गमस्थलको रुपमा चर्चित चीनको ‘वेट मार्केट’ पुनः सुचारु भएपछि अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले गम्भिर आपत्ति जनाएका छन् ।

मोरिसनले चीनमाथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग समेत माँग गरेका छन् । वेट मार्केटमा संमुद्री तथा जंगली जीवहरुको मासु बेचविखन गर्ने गरिन्छ ।

उक्त मार्केटबाटै बेचिएको चमेरोबाट मानिसमा कोरोनाभाइरस सरेको बताईन्छ । भाईरससम्वन्धि अन्तर्राष्ट्रिय विज्ञहरुले कुकुर, विरालो, चमेरो र अन्य जंगली जनावरहरुको मासु नखान तथा खरीदविक्री नगर्न दिएको सुझावलाई नजरअन्दाज गर्दै यसरी चीनले सो मार्केट पुनः खालेपछि अष्ट्रलियन प्रधानमन्त्री क्रोधत बनेका छन् ।

एक स्थानीय रेडियोमा अन्तरर्वाता दिँदै मोरिसनले उक्त मार्केट रहे विश्वभरीको मानव समूदायको जीवन खतरामा रह्ने भन्दै उनले संयुक्त राष्ट्रसंघले चीनलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर बेलायत पनि क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुध बनेको हो ।

एक बेलायती अधिकारीले भनेका छन् कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ ।

बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि जनाएको एक स्थानीय अखबार मेलले उल्लेख गरेको छ ।

उक्त अखबारका अनुसार वैज्ञानिकहरूले जोनसनलाई बताएका छन कि कोरोनाभाइरसबाट संक्रमितको संख्यालाई चीनले १५ गुणासम्म घटाएर भनेको हुन्सक्छ ।

चीनले हालसम्म ८१ हजार संक्रमित भएको मात्र स्वीकार गरेका छ । बेलायतका एक मन्त्री माइकल गोभले बीबीसीलाई भनेका छन( चीनले सार्वजनिक गरेको तथ्यांकमा शंका गर्ने धेरै ठाउँ छ ।

उनले चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित डिसेम्बरमै देखिएको थियो तर यसको मापन, प्रकृति र संक्रमणको गहिराईबारे चीनले स्पष्ट रुपले केही पनि नबताएको आरोप लगाएका छन् ।

चिनियाँ सरकारले कोरोनाभाइरसबाट मात्र ३ हजार २ सय ४ जनाको मृत्युको खुलासा गरेको छ । तर रेडियो फ्रि एशियाका अनुसार वुहानमा अनुमानित ४२ हजार शवहरुको अन्त्येष्टि गरिएको छ ।

बेलायती अधिकारीहरूले यो भाइरससँग लड्न प्रयास गरिरहेका अन्य देशहरूलाई सहयोग प्रदान गर्दै चीनले आफ्नो आर्थिक शक्ति पनि विस्तार गर्ने कोशिश गरिरहेको आरोप लगाएको छ ।

उक्त अखबारले बेलायतका तीन अधिकारीहरूलाई उद्धृत गर्दै बेलायत सरकार चीनसँग क्रुद्ध बनेको उल्लेख गरेको छ ।

उनीहरुले कोरोनोको प्रभाव सकिएपछि चीनसँगको आफ्नो कुटनीतिक सम्बन्धको बारेमा पुनःबिचार गर्ने र हिसाव(किताब लिने पनि बताएका छन् ।

उक्त अखबारले बेलायत सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने निर्णयलाई समेत उल्ट्याउन सक्ने उल्लेख गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने बेलायतको यो निर्णयमा अमेरिकी राष्ट्रपनि ट्रम्प पनि असन्तुष्ट बन्दै आएका थिए । सो निर्णयप्रति कन्जरभेटिभ पार्टीका सांसदहरू पनि रुष्ट बनेका थिए । एक बेलायती मन्त्रीले भने भनेका छन, ‘हामी हुवावे जस्तै कम्पनीहरु हाम्रो अर्थव्यवस्थामा अनुमति दिइरहेका छौं, यसबारे हामीले पुनर्विचार गर्नुपर्दछ ।’

बेलायती प्रधानमन्त्रीले युकेका प्रत्येक घरलाई पत्र लेख्दै कोरोना भाइरसको जोखिम रोक्न सामाजिक दूरीका नियमहरू पालना गर्न आग्रह गरेका छन् ।

पत्रमा उनले आफूमा कोभिड– १९ पोसिटिभ रहेको जानकारी दिँदै चाँडै सुधार आउने बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ११ : ०९ बजे

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौं– सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य