कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा « Khabarhub

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका विरामीको उपचारमा खटिएका डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखेको छ ।

शुक्रराज अस्पतालमा दोस्रो केस देखिए देखि नै कोरोनाका विरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई अस्पताल नजिकै क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।

अस्पताल का निर्देशक डाक्टर सागर राज भण्डारीले कोरोनाको उपचार मा खटिएका करिव २० जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको बताए । ‘खास गरेर आइसोलेसनमा काम गर्नुभएको १० देखि २० जना जति डाक्टर र नर्स घर जानु हुँदैन, हामीले अस्पताल नजिकै तालिम केन्द्रको भवनमा रहेको होस्टेलमा बस्ने व्यवस्था गरेका छौं,’ डा भण्डारीले खबरहबसँग भने, ‘उहाँहरु उपचारमा खटिए पछि क्वारेन्टाइनमा त राख्नुपर्यो नि ।’

डा भण्डारीले टेकु अस्पतालमा दोस्रो बिरामीमा कोरोना पोजेटिभ देखिए पछि डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको बताए ।

डा भण्डारीले आइसोलेसनमा खटिएका डाक्टर तथा नर्सको परिवारका सदस्यहरुलाई कोरोना सर्ने जोखिम नहोस् भनेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।

‘उहाँहरु ड्युटीमा आउनुहुन्छ र अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्नु हुन्छ । उहाँहरु सोसल कन्ट्रयाकमा हुनुहुन्न,’ डाक्टर तथा नर्सको परिवारमा बालबालिका वृद्धवृद्धा हुन सक्नुहुन्छ । आइसोलेसनमा खटिएका डाक्टर तथा नर्सको कारण परिवारमा पनि कोरोनाको जोखिम हुनसक्ने भएकाले हामीले यहाँहरूलाई क्वारेन्टाइन को व्यवस्था गरेको हो ।’

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ३३ बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का