कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा « Khabarhub

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका विरामीको उपचारमा खटिएका डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखेको छ ।

शुक्रराज अस्पतालमा दोस्रो केस देखिए देखि नै कोरोनाका विरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई अस्पताल नजिकै क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।

अस्पताल का निर्देशक डाक्टर सागर राज भण्डारीले कोरोनाको उपचार मा खटिएका करिव २० जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको बताए । ‘खास गरेर आइसोलेसनमा काम गर्नुभएको १० देखि २० जना जति डाक्टर र नर्स घर जानु हुँदैन, हामीले अस्पताल नजिकै तालिम केन्द्रको भवनमा रहेको होस्टेलमा बस्ने व्यवस्था गरेका छौं,’ डा भण्डारीले खबरहबसँग भने, ‘उहाँहरु उपचारमा खटिए पछि क्वारेन्टाइनमा त राख्नुपर्यो नि ।’

डा भण्डारीले टेकु अस्पतालमा दोस्रो बिरामीमा कोरोना पोजेटिभ देखिए पछि डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको बताए ।

डा भण्डारीले आइसोलेसनमा खटिएका डाक्टर तथा नर्सको परिवारका सदस्यहरुलाई कोरोना सर्ने जोखिम नहोस् भनेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।

‘उहाँहरु ड्युटीमा आउनुहुन्छ र अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्नु हुन्छ । उहाँहरु सोसल कन्ट्रयाकमा हुनुहुन्न,’ डाक्टर तथा नर्सको परिवारमा बालबालिका वृद्धवृद्धा हुन सक्नुहुन्छ । आइसोलेसनमा खटिएका डाक्टर तथा नर्सको कारण परिवारमा पनि कोरोनाको जोखिम हुनसक्ने भएकाले हामीले यहाँहरूलाई क्वारेन्टाइन को व्यवस्था गरेको हो ।’

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ३३ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि