भरतपुरको अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ « Khabarhub

भरतपुरको अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ।

उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशंका स्वाब परीक्षणका लागि हेटौंडापठाइएको थियो।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ।

सबैको नमूना हेटौंडामा रहेको प्रयोगशालामा पठाइएको थियो।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाईउपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान बजे मृत्यु भएको थियो।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ।

ज्वरोका कारण मृत्युभएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ३९ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र