कतार एयरबाट फर्किएकाको रिपोर्ट नेगेटिभ « Khabarhub

कतार एयरबाट फर्किएकाको रिपोर्ट नेगेटिभ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट चैत ४ गते नेपाल फर्किएका सप्तरीका जीतेन्द्र मण्डलसहित ९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कतार एयरवेजबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका मण्डलसहित भारतको तब्लिगी जमातबाट फर्किएका ८ जनाको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार यही चैत २० गते स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

सप्तरीबाट पहिलो पटक ९ जनाको स्वाब नमूना परीक्षणका लागि धरान पठाइएको थियो । मण्डल चैत ४ गते कतार एयरवेजबाट नेपाल फर्किएका थिए भने राजविराज नगरपालिकाका ८ जना चैत १८ गते भारत बिहारको विभिन्न मस्जिदमा भएको जमातबाट फर्किएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : २७ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते