सचिवालय बैठक बोलाउन नेकपा प्रवक्ता श्रेष्ठको माग « Khabarhub

सचिवालय बैठक बोलाउन नेकपा प्रवक्ता श्रेष्ठको माग


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका प्रवक्त नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बोलाउन माग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आफूले पार्टीका दुबै अध्यक्षलाई भेटेर बैठक राख्ने विषयमा कुराकानी गरेको समेत जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले अहिलेको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालय बैठक बस्नुपर्ने उल्लेख गरेका छन् । उनले शिघ्र पार्टीको बैठक बस्ने विश्वास गर्दै बस्नै पर्ने उल्लखे गरेका छन् ।

आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको बैठक बसेकोले सचिवालय बैठक स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै बस्नु पर्ने उनको माग छ ।


विषम परिस्थितिमा पनि सत्तारुढ दलको बैठक नबसेको भन्दै आलोचना भइरहेको छ ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार भएको भन्दै नेकपाकै कतिपय नेताले बैठकको माग गरेका छन् । वरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठक बस्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : ३७ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र