सचिवालय बैठक बोलाउन नेकपा प्रवक्ता श्रेष्ठको माग « Khabarhub

सचिवालय बैठक बोलाउन नेकपा प्रवक्ता श्रेष्ठको माग


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका प्रवक्त नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बोलाउन माग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आफूले पार्टीका दुबै अध्यक्षलाई भेटेर बैठक राख्ने विषयमा कुराकानी गरेको समेत जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले अहिलेको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालय बैठक बस्नुपर्ने उल्लेख गरेका छन् । उनले शिघ्र पार्टीको बैठक बस्ने विश्वास गर्दै बस्नै पर्ने उल्लखे गरेका छन् ।

आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको बैठक बसेकोले सचिवालय बैठक स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै बस्नु पर्ने उनको माग छ ।


विषम परिस्थितिमा पनि सत्तारुढ दलको बैठक नबसेको भन्दै आलोचना भइरहेको छ ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार भएको भन्दै नेकपाकै कतिपय नेताले बैठकको माग गरेका छन् । वरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठक बस्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : ३७ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी