कोरोनाका कारण स्वीजरल्याण्डमा २० हजार स्वास्थ्यकर्मी बेरोजगार ! « Khabarhub

कोरोनाका कारण स्वीजरल्याण्डमा २० हजार स्वास्थ्यकर्मी बेरोजगार !


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ । यो बेला सबैभन्दा बढी खटिनुपर्ने अवस्थामा स्वास्थ्यकर्मी नै छन् ।

यस्तो बेला स्वास्थ्यकर्मीको माग झनै बढ्नु पर्ने हो । तर स्विजरल्याण्डमा भने हजारौं स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् । त्यहाँ २० हजार स्वास्थ्यकर्मी बेरोजगार बनेको जनाइएको छ ।

उनीहरुले बेरोजगार भत्ताका लागि प्रशासनमा नाम समेत दर्ता गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित, दुर्घटनामा परेका, गम्भीर रोगी र आपतकालीन अवस्थामा बाहेक अन्य रोगीको उपचार र शल्यक्रिया रोकिएपछि त्यहाँका स्वास्थ्यकर्मी बेरोजगार बनेको जनाइएको छ।

स्वीजरल्याण्डस्थित स्विस मेडिकल नेटवर्कका निर्देशक रेमण्ड लोरेटनका अनुसार निजीस्तरका अस्पतालले हाल आपातकालीन बाहेक अन्य सुविधा रोकेका छन् । मुलुककै ठूलो निजी अस्पतालमध्येमा पर्ने उनको अस्पतालका मात्रै तीन हजार स्वास्थ्यकर्मीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : २६ बजे

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष