भारतबाट आएका हजार जना आफ्नै घरमा, २३६ जना मात्र क्वारेन्टाइनमा « Khabarhub

भारतबाट आएका हजार जना आफ्नै घरमा, २३६ जना मात्र क्वारेन्टाइनमा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ ।

भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको सङ्ख्या एक हजार सय ५६ पुगेपछि सतर्कतामा चुनौती बढेको हो ।

भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उहाँहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

चारपालिकामा रु करोड ५५लाखको राहतकोष

जिल्लाका चार स्थानीय तहले रु एक करोड ५० लाखको राहत कोषको स्थापना गरेका छन् । कोरोनाको संक्रमणबाट बच्न स्थापना गरिने क्वारेन्टाइन, राहत वितरण र उपचारलगायतमा खर्च गर्नका लागि राहत कोषको स्थापना गरिएको हो ।

महाबु गाउँपालिका दैलेखले कोरोनाविरुद्धको रु ५० लाखको राहत कोषको स्थापना गरेको छ । राहत कोषमा जम्मा भएको रकमले पालिकाभित्र क्वारेन्टाइन निर्माण, औषधि र स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री खरिद गरिने गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए ।

जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि कोरोना भाइरसविरुद्ध रु ५० लाखको कोषको स्थापना गरेको छ । नारायण नगरपालिकाले भने रु ३० लाखको राहतकोष निर्माण गरी क्वारेन्टाइन निर्माण र राहत वितरण गर्ने कार्य शुरु गरेको छ ।

नारायण नगरपालिकाले आजदेखि ९५४ दैनिक मजदूरी गर्ने श्रमिकको सूची तयार पारेर राहत वितरण शुरु गरिसकेको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।

डुंगेुश्वर गाउँपालिकाले कोरोनाविरुद्ध लड्न रु २५ लाखको राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकम पालिकामा औषधि खरिद गर्न, शंकास्पद बिरामी फेला परेमाा सुर्खेतसम्म पठाउन तथा क्वारेन्टाइन निर्माणमा खर्च गरिने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ५४ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र