भारतमा कोरोना संक्रमित १ हजार ३९१ जनाको मृत्यु « Khabarhub

भारतमा कोरोना संक्रमित १ हजार ३९१ जनाको मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ ।

भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३९७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार २०३ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : २८ बजे

फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ

तेहरान- इरानी संसदका सभामुख मोहम्मद बगेर कलिबाफले फारसको खाडीमा आक्रमणकारीको

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा