अफगानिस्तानमा परीक्षण गरिएका ‘झन्डै एकतिहाइ मानिसमा कोरोना’, तीव्र गतिमा सङ्क्रमण फैलिरहेको अनुमान « Khabarhub

अफगानिस्तानमा परीक्षण गरिएका ‘झन्डै एकतिहाइ मानिसमा कोरोना’, तीव्र गतिमा सङ्क्रमण फैलिरहेको अनुमान


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान- अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोनाभाइरस भेटिएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार ५०० जनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको छ ।

उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढाइदिएको पाइन्छ।

ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन।

केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए।

अफगानिस्तानमा अहिलेसम्म २,७०० जना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : २९ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि