आमिरले भने – आटाको प्याकेटमा पैसा हालेर बाँड्ने म होइन « Khabarhub

आमिरले भने – आटाको प्याकेटमा पैसा हालेर बाँड्ने म होइन


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय मिडिया र सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खानले अनौठो तरिका अपनाएर आटाको प्याकेटमा पैसा बाँडेको समाचार भाइरल भयो । यो खबर यति भाइरल भयो कि, आमिर खानले यो समाचार गलत भएको बताउनुपरेको छ ।

केही समयअघिदेखि बलिउड अभिनेता आमिर खानले एक किलो आटाको प्याकेटमा १५ हजार भारतीय रुपैयाँ हालेर एक ट्रक आटाको प्याकेट बाँडेको भन्दै भिडियो भाइरल बनाइएको थियो ।

सोही कुरालाई आधार बनाएर हजारौं स्टाटसहरु सामाजिक सञ्जालमा शेयर भए । भिडियोका अनुसार आटाको प्याकेटमा त्यसरी रकम लुकाएर यसकारण पठाइएको थियो, ताकि अत्यन्त आवश्यक भएकाले मात्र आटाको प्याकेट राखून् ।

यो समाचार भाइरल भएपछि आमिर खानले यसबारेमा ट्वीट गरेका छन् । उनले ट्वीटमा लेखेका छन् – आटाको प्याकेटमा पैसा हालेर पठाउने व्यक्ति म होइन ।

उनले यो कथामा कुनै सत्यता नभएको या त कुनै रविन हूडले आफूलाई देखाउन नचाहनेले बाँडेको हुनसक्ने बताएका छन् ।

त्यसो त केही दिनअघि भारतको एक वेबसाइटले यो समाचारमा सत्यता नभएको बताएको थियो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो समाचारसँग जोडेर आमिर खानको तारिफ गरिरहेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : २३ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते