आमिरले भने – आटाको प्याकेटमा पैसा हालेर बाँड्ने म होइन « Khabarhub

आमिरले भने – आटाको प्याकेटमा पैसा हालेर बाँड्ने म होइन


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय मिडिया र सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खानले अनौठो तरिका अपनाएर आटाको प्याकेटमा पैसा बाँडेको समाचार भाइरल भयो । यो खबर यति भाइरल भयो कि, आमिर खानले यो समाचार गलत भएको बताउनुपरेको छ ।

केही समयअघिदेखि बलिउड अभिनेता आमिर खानले एक किलो आटाको प्याकेटमा १५ हजार भारतीय रुपैयाँ हालेर एक ट्रक आटाको प्याकेट बाँडेको भन्दै भिडियो भाइरल बनाइएको थियो ।

सोही कुरालाई आधार बनाएर हजारौं स्टाटसहरु सामाजिक सञ्जालमा शेयर भए । भिडियोका अनुसार आटाको प्याकेटमा त्यसरी रकम लुकाएर यसकारण पठाइएको थियो, ताकि अत्यन्त आवश्यक भएकाले मात्र आटाको प्याकेट राखून् ।

यो समाचार भाइरल भएपछि आमिर खानले यसबारेमा ट्वीट गरेका छन् । उनले ट्वीटमा लेखेका छन् – आटाको प्याकेटमा पैसा हालेर पठाउने व्यक्ति म होइन ।

उनले यो कथामा कुनै सत्यता नभएको या त कुनै रविन हूडले आफूलाई देखाउन नचाहनेले बाँडेको हुनसक्ने बताएका छन् ।

त्यसो त केही दिनअघि भारतको एक वेबसाइटले यो समाचारमा सत्यता नभएको बताएको थियो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो समाचारसँग जोडेर आमिर खानको तारिफ गरिरहेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : २३ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,