घर जान नपाएपछि नेपालगञ्ज विमानस्थल अगाडि धर्ना « Khabarhub

घर जान नपाएपछि नेपालगञ्ज विमानस्थल अगाडि धर्ना


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका सो जिल्लाका नागरिक नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

यहाँ कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेको बताइएको छ । यसअघि पछिल्ला दुई दिनमा यहाँबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै सो जिल्ला ओसारिएको थियो । यहाँ रहेका ४९५ जनामध्ये अब अझै १९५ जना यही अलपत्र परेको अनुमान छ ।

ती मध्ये सोमबारका लागि टिकट लिएका ७० जनाभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र परेका छन् । टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि आफूहरु घर जान पाउनुपर्ने माग गर्दै विमानस्थल अगाडिको मुख्य सडकमै धर्ना दिनुपरेको जनाएका छन् ।

यात्रु वर्ष भण्डारीले विमानस्थलतर्फ जाँदा आजदेखि उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको बताएका छन् । यहाँबाट सो स्थानमा उडान भर्दै आएका जहाजका चालकले उडान भर्न नमान्दा सो स्थान जाने यात्रु यही रोकिएका हुन् ।

समिट एयरले लकडाउन अवधिभर उडान स्थगित गरेको जनाएको छ । सो जिल्लावासीको मागलाई मध्यनजर गर्दै सो जिल्लाका नागरिक ओसार्ने काम शनिबारबाट शुरु भएको हो । सीता एयरका तीनवटा, तारा र समिट एयरका एक/एकवटा जहाजमार्फत यहाँ फसेका सो जिल्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिकको उद्धार शुरु भएको थियो ।

यीमध्ये विद्यार्थी, अपाङ्ता भएका व्यक्ति, साठी वर्षमाथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न शुरु भएको थियो । कोरोना भाइरसको जोखिम बढेपछि एकाएक उडान स्थगित गरिएको जनाइएको छ । जिल्ला बाहिर फसेका नागरिकलाई हवाईमार्गबाट उद्धारका लागि सो जिल्लाका जनप्रतिनिधिको आग्रहअनुसार पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ५१ बजे

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने