कोरोना संक्रमितको अवस्था सामान्य, प्रदेश १ मा संक्रमितको संख्या धेरै « Khabarhub

कोरोना संक्रमितको अवस्था सामान्य, प्रदेश १ मा संक्रमितको संख्या धेरै


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशभरका अस्पतालमा उपचारत कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका विभिन्न अस्पतालमा उपचारत कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशभर ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् ।

रुपन्देहीमा एकजना, नेपालगञ्जमा १६, धनगढीमा १, भरतपुरमा एक,वीरगञ्जमा ९ र विराटनगरमा ३१ जना गरी ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

डा देवकोटाका अनुसार सबै भन्दा धेरै कोरोना संक्रमित प्रदेश नम्बर १ मा ३१ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १७ प्रदेश नम्बर २ मा १३, बाग्मती प्रदेशमा ७, सुदुरपश्चिम प्रदेशमा ५ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण देखिएको छ । डा देवकोटाका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा भने हालसम्म कोरोना संक्रमित देखिएका छैनन् ।

हालसम्म पिसिआर विधिबाट १३ हजार ६ सय वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५० हजार ८ सय ४५ वटा नमूना परीषण गरिएको छ । डा देवकोटाका अनुसार हाल देशभरका क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेका छन् । यस्तै देशभरका आइसोलेसनमा १ सय ६जना रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै