अनलाइन कक्षाका नाममा शुल्क नलिन विद्यालयहरुलाई आग्रह « Khabarhub

अनलाइन कक्षाका नाममा शुल्क नलिन विद्यालयहरुलाई आग्रह


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्यालयहरुलाई अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षाका नाममा विद्यालयहरुसँग भर्ना र शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय अर्को निर्णय नभएसम्मका लागि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन समेत नपाइने निर्णय गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सहसचिव दीपक सुवेदीले सूचना जारी गर्दै  परीक्षा सञ्चालन गर्ने विषयमा परामर्श लिने काम भइरहेको जनाएका छन् ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै