प्रधानमन्त्री ओलीले गरे असंलग्न आन्दोलन समूहका नेतासँग अनलाइन संवाद « Khabarhub

प्रधानमन्त्री ओलीले गरे असंलग्न आन्दोलन समूहका नेतासँग अनलाइन संवाद


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहका शीर्ष नेताहरुसँग अनलाइन संवाद गरेका छन् ।

आज सिंहदरबारस्थित एक्सन कक्षबाट नामको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका ओलीले विभिन्न मुलुकका शीर्ष नेतासँग संवाद गरेका हुन् ।

अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले उद्घाटन गरेको सम्मेलनमा विश्वव्यापी महामारीको रुप लिएको  कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र त्यसमा नामको भूमिकाबारे छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी भएका थिए ।

नाम विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न नभएका १२० मुलुकहरुको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।

विश्वमा कोरोना सङ्कटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ०० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका