आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल « Khabarhub

आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग आज सुझाव लिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल शुरु गरेका हुन् ।

मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिएका थिए ।

सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

मन्त्री ढकाललाई अस्पतालहरुको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि स्वास्थ्य मन्त्रालयमै आएर सुझाव दिएका थिए । मङ्गलबार बागमती प्रदेशभित्रका प्रतिनिधिसभाका सदस्यसँग सुझाव लिने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै