भारतमा कोरोनाको संक्रमणबाट  १ हजार ३९५ को मृत्यु « Khabarhub

भारतमा कोरोनाको संक्रमणबाट  १ हजार ३९५ को मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४२ हजार ६७० पुगेको छ ।

कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या २९ हजार ४९३ रहेको छ । ११ हजार ७८२ जना कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किएका छन् ।

महाराष्ट्रमा सबैभन्दा धेरै १२ हजार ९७४ जना सङ्क्रमित रहेका छन् । त्यस्तै गुजरातमा पाँच हजार ४२८, दिल्लीमा चार हजार ५४९, तामिलनाडुमा तीन हजार २३, मध्यप्रदेशमा दुई हजार ९४२, राजस्थानमा दुई हजार ८८६, उत्तर प्रदेशमा दुई हजार ७४२, आन्ध्रप्रदेशमा एक हजार ६५०, पञ्जावमा एक हजार १०२ र तेलङ्गनामा एक हजार ८२ व्यक्ति सङ्क्रमित रहेका छन् ।

पश्चिम बङ्गालमा ९६३, जम्मु–काश्मिरमा ७०१, कर्नाटकमा ६४२, बिहारमा ५१७, केरलामा ५००, हरियाणामा ४४२, उडिसामा १६३, झारखण्डमा ११५, चण्डिगढमा ९४ र उत्तराखण्डमा ६० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी छत्तिसगढमा ५७ असाममा ४३ लद्दाखमा ४१, हिमाञ्चललगायतका अन्य राज्यमा सङ्क्रमितको सङ्ख्या ४० भन्दा कम रहेको छ । पर्यटकीय मुलुक गोवामा सात सङ्क्रमित भएकामा सबै जना निको भई घर फर्किएका छन् । अन्य राज्यहरूमा भने सङ्क्रमितको सङ्ख्या न्युन रहेको छ ।

कोभिड–१९ सङ्क्रमित मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५४८ रहेका छन् । गुजरातमा २९०, मध्यप्रदेशमा १६५, राजस्थानमा ७१, दिल्लीमा ६४ र उत्तर प्रदेशमा ४५ व्यक्तिको मृत्यु भएको छ । आन्ध्रा प्रदेशमा ३६, पश्चिम बङ्गालमा ३५ र तामिलनाडुमा ३० जनाको मृत्यु भएको छ । अन्य प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३० भन्दा कम रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ०० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका