जर्ज फोइड हत्या प्रकरण : बर्खास्त गरिएका ४ प्रहरीमाथि नयाँ अभियोग « Khabarhub

जर्ज फोइड हत्या प्रकरण : बर्खास्त गरिएका ४ प्रहरीमाथि नयाँ अभियोग


२२ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी नियन्त्रणमा मृत्यु भएका अमेरिकी अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणपछि बर्खास्त भएका मिनियापलिसका ४ प्रहरी अधिकारीलाई नयाँ अभियोग लगाइने भएको छ ।

अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको बीबीसीले जनाएको छ।

शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएकोमा अब उनलाई पूर्वयोजनासहित नियतवस नै फ्लोइडको हत्या गरिएको अभियोग लगाइने भएको हो ।

यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लगाइएको छ।

प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताए।

फ्लोइडको मृत्युले अमेरिकाभर रंगभेद आन्दोलनले उग्ररूप लिएको छ भने उनले न्याय पाउनु पर्ने मागसहित अमेरिकाबाहिर पनि प्रदर्शनहरू सुरू भएका छन् । अस्ट्रेलिया, फ्रान्स, नेदरल्याण्डस् र बेलायतमा प्रदर्शन गरिएको छ ।

आठ दिनदेखि अमेरिकाका विभिन्न शहरहरूमा कर्फ्यूको वेवास्ता गर्दै प्रदर्शनहरु भइरहेका छन् । ती प्रदर्शनहरूमा आगजनी, तोडफोड र लुटपाटका घटना भइरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : १० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको