जर्ज फोइड हत्या प्रकरण : बर्खास्त गरिएका ४ प्रहरीमाथि नयाँ अभियोग « Khabarhub

जर्ज फोइड हत्या प्रकरण : बर्खास्त गरिएका ४ प्रहरीमाथि नयाँ अभियोग


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी नियन्त्रणमा मृत्यु भएका अमेरिकी अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणपछि बर्खास्त भएका मिनियापलिसका ४ प्रहरी अधिकारीलाई नयाँ अभियोग लगाइने भएको छ ।

अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको बीबीसीले जनाएको छ।

शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएकोमा अब उनलाई पूर्वयोजनासहित नियतवस नै फ्लोइडको हत्या गरिएको अभियोग लगाइने भएको हो ।

यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लगाइएको छ।

प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताए।

फ्लोइडको मृत्युले अमेरिकाभर रंगभेद आन्दोलनले उग्ररूप लिएको छ भने उनले न्याय पाउनु पर्ने मागसहित अमेरिकाबाहिर पनि प्रदर्शनहरू सुरू भएका छन् । अस्ट्रेलिया, फ्रान्स, नेदरल्याण्डस् र बेलायतमा प्रदर्शन गरिएको छ ।

आठ दिनदेखि अमेरिकाका विभिन्न शहरहरूमा कर्फ्यूको वेवास्ता गर्दै प्रदर्शनहरु भइरहेका छन् । ती प्रदर्शनहरूमा आगजनी, तोडफोड र लुटपाटका घटना भइरहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ७ : १० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार