काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
बिहिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित १६ जनामध्ये बाग्लुङकी एक महिला रहेकी छिन् । अन्य सबै पुरुष रहेको निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको जनाइएको छ ।
प्रतिक्रिया