महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ « Khabarhub

महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ ।

बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना संक्रमित भर्ना गरिएका छन् । एक जना आरडीटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ ।

मंगलबारदेखि कोरोना संक्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ ।

आठ कोरोना संक्रमित कञ्चनपुरका रहेका छन् । कारोना संक्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा सरोज आर्चायले बताए ।

उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० शैय्याको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा समस्या भएको छ ।

महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : १६ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न