दैलख – दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टाइनमा बसेकाहरुले अधिकृत हीरासिंह थापामाथि बुधबार आक्रमण गरेका हुन् ।
आक्रमणबाट थापाको छाती र टाउकोमा चोट लागेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए । आक्रमणमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनीहरूको बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए ।
घर पठाउने तयारी गरिरहेका बेला क्वारेन्टाइनमा बस्दा खानपिनको उचित व्यवस्था नभएको भन्दै ४६ जनाको समूहले असन्तुष्टि जनाएको थियो ।
प्रतिक्रिया