लकडाउनले अड्किएका अक्षयका ७ फिल्म « Khabarhub

लकडाउनले अड्किएका अक्षयका ७ फिल्म


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले बलिउडमा प्रायः सबै सेलिब्रेटीलाई मार पारेको छ । अहिले बलिउडमा न कुनै सुटिङ, न त कुनै प्रोडक्सन नै हुनपाएको छ न त कुनै हलमा फिल्म नै लागेका छन् ।

कैयौं ठुला ठुला फिल्म डिजिटल प्लेटफर्ममा तयार भएर पनि रिलिजको समय कुरेर बसेका छन् । तर यहिबीच अभिनेता अक्षय कुमारका भने ७ वटा फिल्म लकडाउनका कारण कुनै न कुनै क्षेत्रमा अड्किएर बसको छ ।

अक्षय कुमारका ७ फिल्म कुनै रिलिज हुने दिन कुरेर बसेका छन त कुनै प्रोडक्सनमा अड्किएको छ । जसका कारण अक्षय कुमार लकडाउनका पीडित सेलिब्रेटी बनेका छन् ।

यस्ता छन् लकडाउनमा अड्किएका उनका ७ फिल्महरू :

Akshay Kumar

१. ’अतरंगी रे’
अक्षय कुमार पहिलो पटक निर्देशक आनन्दएल रायको फिल्म’अतरंगी रे’ को सुटिङलाई तयार भए । १५ अप्रिलमा यस फिल्मको सुटिङ शुरु हुने थियो तर लकडाउनले रोक्यो ।

’अतरंगी रे’ एक रोमान्टिक ड्रामा फिल्म हो, जसमा अक्षयका साथ सारा अलीखान र धनुषदेखा पर्नेछन् ।

Akshay Kumar

२. ’बच्चन पाण्डे’
’हाउसफुल ४’ को सफलतापछि प्रोड्यूसर साजिद नाडियाडवाला र निर्देशक फरहाद सामजीका साथ यस फिल्ममा काम गर्ने तयारीमा थिए अक्षय कुमार । यो एक एक्सन फिल्म हो, जसमा अक्षय कुमारको दमदार अभिनय छ ।

मेबाट सुटिङ हुने यस फिल्मलाई पनि लकडाउनले होल्ड गराइदियो ।

Akshay Kumar

३. ’बेल बटम’
अक्षय कुमारको आउँदो फिल्म ’बेल बटम’ लकडाउन पहिला नै लुक रिलिज भएको थियो । जसमा अक्षय ८० का दशकको रेट्रो लुकमा देखापरेका छन् । २२ जनवरी २०२१ मा रिलिज मिति तय भएको यस फिल्मको पनि सुटिङ शुरु हुनपाएको छैन । अहिले यस फिल्मको स्क्रिप्टको काम भइरहेको छ ।

Akshay Kumar

४. एकता कपूरको कमेडी फिल्म
’वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ पश्चात अक्षयकुमार एकता कपूरको एक्सन कमेडी फिल्ममा काम गर्ने सम्झौता भयो । यो फिल्म तेलगुको हिट फिल्मको हिन्दि रिमेक हो । नोबेम्बरबाट मात्र सुटिङ शुरु गर्ने तयारीमा रहेको यस फिल्मको लकडाउनको कारण ६ महिना म्याद सारिएको छ ।

Akshay Kumar

५. ’लक्ष्मीबम’

’लक्ष्मीबम’ एक हरर कमेडी फिल्म हो । जसमा अक्षय कुमार किन्नरको भुमिकामा देखा पर्नेछन् । अक्षयको यस फिल्मको पोस्ट प्रोडक्शनको काम सुचारु थियो । जसलाई फाइनल हुनुअघि लकडाउने बिगारिदियो ।

यस फिल्ममा अक्षयका साथ कियारा आडवाणी देखा पर्देछिन् ।

Akshay Kumar

६. ’पृथ्वीराज’
अक्षय कुमारको पिरियड ड्रामा फिल्म ’पृथ्वीराज’ यहिबर्ष दिपावलीमा रिलिज हुने तयारीमा थियो । हुनत यस फिल्मको ५० प्रतिशत काम अझै पनि बाँकी नै छ । तसर्थ यसको म्याद सर्ने अनुमान गरिएको छ ।

फिल्ममा अक्षय राजपूत पृथ्वीराज चौहानको भुमिकामा देखा पर्नेछन् । यसै फिल्ममार्फत मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्दैछिन् ।

Akshay Kumar

७. ’सूर्यवंशी’
’सिंघम’, ’सिंबा’ जस्ता सुपरहिट फिल्म पश्चात रोहित शेट्टी अक्षय कुमारका साथ यस बर्ष सूर्यवंशी लिएर आउँदैछन् । यस फिल्मलाई दर्शक अत्यधिकम हत्वका साथ कुरिरहेका छन् । फिल्ममा अक्षयकुमार एक प्रहरी अफिसरको भुमिकामा देखा पर्नेछन् ।

पुरानो तय मितिअनुसार २४ मार्चमा नै रिलिज हुनुपर्ने यस फिल्मलाई लकडाउनले पछि सारेको छ ।

यस फिल्ममा अक्षयका साथ क्याटरीना क्याफ रहनेछिन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ११ बजे

जाडोमा चिसो खानु हुँदैन भन्ने भ्रम हो : पोषणविद्

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा रुघाखोकी, ज्वरो,

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’