प्रदर्शनकारीसामु अमेरिकी प्रहरीले माग्यो माफी ! « Khabarhub

प्रदर्शनकारीसामु अमेरिकी प्रहरीले माग्यो माफी !


२२ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अश्वेत नागरिकको मृत्यु भएको घटनालाई लिएर अमेरिकामा प्रदर्शनले उग्ररुप लिएपछि अमेरिकी प्रहरीले माफी मागेको छ ।

आन्दोलन ह्रिंस्रक बन्दै गएपछि प्रदर्शनकारी सामू मियामी प्रहरीले घुँडा टेकेर माफी मागेको हो । उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

आन्दोलनकारीसँग सहभागि भएका प्रहरीले घुडा टेकेर शान्तिको प्रार्थना गरेका छन् । मियामी प्रहरीले अमेरिकालाई शान्ति बनाइराख्न आफूहरु आन्दोलनकारीसँगै शान्तिको प्रार्थना गरेकाे उल्लेख गरेकाे छ।

मे २५ मा मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकालेर घाँटी थिचेर हत्या गरेको विरोधमा अमेरिकाभर विरोध चर्किएको हो।

प्रहरीले हत्या गर्ने प्रहरी अधिकारीसहित अन्य चार जनालाई पक्राउ गरेकाे छ।

आन्दोलन चर्किएपछि अमेरिकाका ४० भन्दा बढी शहरमा कर्फ्यू लगाइएकाे छ। । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन मथ्थर पार्न सेना परिचालन गर्ने समेत चेतावनी दिएका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ११ : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको