प्रदर्शनकारीसामु अमेरिकी प्रहरीले माग्यो माफी ! « Khabarhub

प्रदर्शनकारीसामु अमेरिकी प्रहरीले माग्यो माफी !


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अश्वेत नागरिकको मृत्यु भएको घटनालाई लिएर अमेरिकामा प्रदर्शनले उग्ररुप लिएपछि अमेरिकी प्रहरीले माफी मागेको छ ।

आन्दोलन ह्रिंस्रक बन्दै गएपछि प्रदर्शनकारी सामू मियामी प्रहरीले घुँडा टेकेर माफी मागेको हो । उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

आन्दोलनकारीसँग सहभागि भएका प्रहरीले घुडा टेकेर शान्तिको प्रार्थना गरेका छन् । मियामी प्रहरीले अमेरिकालाई शान्ति बनाइराख्न आफूहरु आन्दोलनकारीसँगै शान्तिको प्रार्थना गरेकाे उल्लेख गरेकाे छ।

मे २५ मा मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकालेर घाँटी थिचेर हत्या गरेको विरोधमा अमेरिकाभर विरोध चर्किएको हो।

प्रहरीले हत्या गर्ने प्रहरी अधिकारीसहित अन्य चार जनालाई पक्राउ गरेकाे छ।

आन्दोलन चर्किएपछि अमेरिकाका ४० भन्दा बढी शहरमा कर्फ्यू लगाइएकाे छ। । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन मथ्थर पार्न सेना परिचालन गर्ने समेत चेतावनी दिएका छन्।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ३० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५