गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो « Khabarhub

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि भएको जनाएको हो । यससँगै प्रदेशमा सङ्क्रमित कूल ५४ पुगेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकामा बागलुङको निसीखोला गाउँपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र २९ का दुई पुरुष र वर्ष ३३ की एक महिला, बडीगाड गाउँपालिका घर भइ क्वारेन्टाइनमा रहेका वर्ष १६, २०, २१ र २५ का चार पुरुष र गलकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका वर्ष २०, २२ र २३ का तीन पुरुष गरी बाग्लुङमा १० जनामा सङ्क्रमणको पुष्टि भएको सो निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका घर भइ सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १८ का एक पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । पर्वत फलेवास ठेगना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २१ का दुई पुरुष र बिहादी गाउँपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २४ र २८ का दुई पुरुषमा गरी चार जना, म्याग्दीको मङ्गला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ का एक पुरुषमा समेत सो सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएका सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइन्छ । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

हालसम्म बागलुङमा १८, स्याङ्जामा १३, नवलपरासीमा १०, पर्वतमा नौ, म्याग्दीमा दुई तथा तनहुँ र लमजुङमा एक–एक सङ्क्रमित छन् । कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ९६३ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३६७ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ५४१ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १ : ३८ बजे

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ