नेपालको नयाँ नक्सा चिनियाँ उक्साहटमा आएको भारतीय रक्षामन्त्री सिंहको संकेत « Khabarhub

नेपालको नयाँ नक्सा चिनियाँ उक्साहटमा आएको भारतीय रक्षामन्त्री सिंहको संकेत


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालसालै नेपालले जारी गरेको नक्सा कसैको उक्साहटमा भएको बताएका छन् ।

मंगलबार एक भारतीय टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै सिंहले चीनको नाम नलिई भनेका छन्, मैले कसैमाथि आरोप लगाउन चाहन्न तर केही न केही कतैबाट त अवश्य पनि छ ।’

नेपालले जे गरिरहेको छ, त्यसमा चीनको हात हुन सक्छ भन्ने प्रस्तोताको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री सिंहले यस्तो बताएका हुन्।

नेपाल अरु कसैको स्वार्थमा चलेको भन्ने भारतीय सेना प्रमुखको भनाई सार्वजनिक भएको केही दिनमै रक्षामन्त्री सिंहले सेना प्रमुखको भनाईलाई नै बल पुग्नेगरी अभिव्यक्ति दिएका हुन्।

सिंहले नेपालसँग सयौँ वर्षदेखिको भावनात्मक सम्बन्ध भएकाले भारतले त्यो सम्बन्धलाई कुनै पनि हालतमा टुट्न नदिने र असमझदारीलाई बार्तामार्फत टुंग्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १२ : ०२ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको