थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित, संकटकालको घोषणा | Khabarhub Khabarhub

थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित, संकटकालको घोषणा


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन्।

वातावरणविदहरुले यस संकटको तत्काल समाधानका लागि पहल गर्न रसियाली अधिकारीहरुसमक्ष आग्रह गरेका छन्।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मंगलबार नदीमा सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ। यस नदीमा मिसिएको डिजेल तत्काल सफा नगरिए उक्त डिजेल उत्तरी ध्रुव नजिकको नोरिल्स्क शहरसँगैको तालमा मिसिने छ।

डब्लुडब्लुएफले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा अम्बारनाया नदीको सतहको ठूलो क्षेत्रमा कालो धब्बा देखिएको छ। स्थानीय वासिन्दाहरुले सामाजिक सञ्जालमा प्रदूषित पानीका तस्वीरहरु पोस्ट गरेका छन्।

नोरिल्स्कभन्दा पश्चिमतर्फ रहेको थर्मल विद्युत गृहबाट गत साता चुहिएको डिजेल अम्बारनाया नदीमा खसेको थियो।

रसियाली खानी उत्खनन कम्पनी नोरिल्स्क निकेलको स्वामित्वमा रहेको यस प्लान्टबाट डिजेल चुहिएको जनाएको छ। कम्पनीले प्लान्टको संरचना पुरानो भएको र प्लान्टको संरचना निर्माणमा प्रयोग गरिएका काठ मक्किएर प्लान्टको डिजेल ट्याँकमा क्षति पुगेको जनाएको छ।

नोरिल्स्क निकेल कम्पनीका प्लान्टबाट विगतमा पनि इन्धन चुहिने समस्या देखिएका थिए। सन् २०१६ मा पनि एउटा स्थानीय प्लान्टबाट नदीमा प्रदूषित वस्तुहरु पुगेका थिए। यस दुर्घटनामा सरकारले कम्पनीमाथि केबल एक हजार डलर जरिवाना गरेको थियो।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १ : २८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य