कञ्चनपुरमा होम क्वारेन्टिन कार्यविधि लागू | Khabarhub Khabarhub

कञ्चनपुरमा होम क्वारेन्टिन कार्यविधि लागू


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- जिल्लास्तरीय होम क्वारेन्टिन कार्यविधि २०७७ लागू गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकबाट स्वीकृत गरी कार्यविधि लागू गरिएको हो ।

जिल्लामा रहेका क्वारेन्टिनमा भारतबाट फर्केका व्यक्तिको चाप अत्यधिक बढ्दै गई स्थान अभाव हुन थालेपछि होम क्वारेन्टिन कार्यविधि बनाई लागू गरिएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट ठूलो सङ्ख्यामा नेपाली नागरिक आउने क्रम शुरु भएपछि स्थानीयस्तरमा क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा कठिनाइ हुँदै गएका कारण आवश्यकता र औचित्यका आधारमा होम क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।
उनका अनुसार कार्यविधिअनुसार भारतलगायत तेस्रो मुलुकबाट स्थायी ठेगानामा आइसकेपछि सर्वप्रथम होल्डिङ सेल्टरमा बस्नु पर्नेछ ।

त्यहाँ रहँदा होम क्वारेन्टिनमा बस्न चाहने व्यक्तिले लिखित निवेदन दिनु पर्नेछ । निवेदनका आधारमा स्थानीयस्तरमा सुरक्षाकर्मीसहित वडाध्यक्षको संयोजकत्वमा गठित समितिले निजको बासस्थान, सम्भाव्यता, जोखिमसमेत मूल्याङ्कन गरेर उपयुक्त देखेमा होम क्वारेन्टिका लागि आनुमति दिन सकिने व्यवस्था गरिएको छ । होम क्वारेन्टिनमा बस्न अनुमति दिइएका व्यक्तिको विस्तृत विवरण जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रमा तत्काल लिखित जानकारी दिनु पर्नेछ ।

होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई निजका परिवार, जनप्रतिनिधि र छिमेकीसमेतको रोहवरमा न्यूनतम २१ दिन क्वारेन्टिनमा राखिने छ । क्वारेन्टिनमा बस्ने व्यक्ति यस पूर्व अन्यत्र क्वारेन्टिनमा बसिसकेको प्रमाण भएमा क्वारेन्टिनमा बसेको अबधि घटाएर होम क्वारेनिटनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई सम्भव भएसम्म अलग्गै घरमा वा अलग्गै तलामा राख्नुपर्ने व्यवस्था जारी गरिएको कार्यविधिमा गरिएको छ । त्यो पनि नभए अलग्गै कोठामा राख्नु पर्नेछ ।

व्यक्तिलाई आफैँ खाना पकाएर खान प्राथमिकता दिइने छ । परिवारले प्रयोग गर्ने भाँडा बर्तन, लत्ताकपडा, जस्ता कुनै पनि चिज प्रयोग गर्न पाइने छैन । मास्क, सेनिटाइजर, साबुनको उपलव्धता सरसफाइका मापदण्ड पूरा गर्नु पर्नेछ । होम क्वारेन्टिनमा बस्नुपर्ने अबधिभर मादक पदार्थ, सूर्तिजन्य पदार्थ आदि सेवन गर्न पाइने छैन ।

क्वारेन्टिनमा बस्दा ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा कठनाइ, घाँटी दुखेमा फ्लुजस्ता कोरोना भाइरसकाको कुनै लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउने, वडाध्यक्षको संयोकत्वमा स्थानीय सुरक्षाकर्मीसमेत रहेको कार्यदल गठन गरी होम क्वारेन्टिनमा रहेका व्यक्तिहरुको विवरण अद्यावधिक गरी उनीहरुको अनुगमन गर्ने व्यवस्था कार्यविधिमा रहेको छ ।

होम क्वारेन्टिमा रहेका व्यक्तिहरुले घर कम्पाण्ड बाहिर निस्कन पाउने छैन । घरबाहिर निस्किएको वा अनुशासन विपरीतका कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० को दफा ३(१) बमोजिम कारवाही गरी १(एक) महिनासम्म कैद सजाय हुनेछ । होम क्वारेन्टिनसम्बन्धी कुन दुविधा भएमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अन्तिम हुनेछ ।

हालसम्म नौवटै स्थानीय तहमा क्वारेन्टिनको सङ्ख्या १७६ रहेको छ । क्वारेन्टिन बेड सङ्ख्या नौ हजार ७९२ रहेको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या भने आठ हजार ८५० रहेको छ । क्वारेन्टिन अबधि पूरा गरी हालसम्म एक हजार २१५ जना घर फिर्ता भइसकेका छन् । स्वाब परीक्षण ७१८ र आरडीटी परीक्षण तीन हजार ३८८ जनाको गरिएको छ । विदेशबाट फर्केका व्यक्तिको सङ्ख्या १४ हजार ८५४ छ । पश्चिमी सीमा नाका गड्डाचौकी भएर जेठ १२ गतेदेखि हालसम्म २१ हजार २७ ले प्रवेश गरेका छन ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : १२ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल