पर्सामा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित एक जना पक्राउ « Khabarhub

पर्सामा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित एक जना पक्राउ


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्सा- सशस्त्र प्रहरीले स्रोत नखुलेकाे २२ लाख ४८ हजार नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

पर्साको बाहुदरमाई नगरपालिका ५ भौराटार निवासी २० वर्षीय प्रकाश शाहलाई २२ लाख ४८ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हाे ।

उनकाे साथबाट हजार, पाँच सय, सय र पचासका नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पर्साको पश्चिमी दक्षिणी सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा पैसा लिएर आउँदै गरेको अवस्थामा ती युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका उपरीक्षक दीपेन्द्र कुँवरले बताए ।

सशस्त्र प्रहरीका निरीक्षक हरी पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले शाहलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : १५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा