प्रधानमन्त्रीले भने- मन्त्रिपरिषदमा बसेर मेरैविरुद्ध षड्यन्त्र गर्ने ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- मन्त्रिपरिषदमा बसेर मेरैविरुद्ध षड्यन्त्र गर्ने ?


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको बताएका छन्।

बालुवाटारमा शनिबार साँझ भएको मन्त्री र राज्यमन्त्रीहरूसँगकाे छलफलमा प्रधानमन्त्रीले सरकारमा सहभागी केही मन्त्रीहरुबाटै षड्यन्त्र भएकाे बताएका हुन् ।

उनले मन्त्रिपरिषदकै केही सदस्यहरुले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताए पनि संलग्न काे-काे हुन् भन्नेबारे खुलाएनन्। बरु उनले आ-आफ्नो लाइन् क्लिएर भएर आउन समेत निर्देशन दिए ।

बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “मेरै मन्त्रिपरिषद्‍मा बसेर मेरैविरुद्ध षड्यन्त्र गर्ने ?”

ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले सत्यसँग लड्दिनँ, असत्यसँग झुक्दिनँ भनेका थिए। प्रधानमन्त्रीले पार्टी एकता संकट अवस्थामा पुगेको समेत बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतलनिवासबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर ‘पार्टी एक नहरहने भो, कता लाग्ने हो कित्ता क्लियर गर्नू’ समेत भनेका थिए ।

‘मेराविरूद्धमा षड्यन्त्र भइरहेका छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भइरहेको छ । म यो दुवै पद छाड्दिनँ । यस्तो अवस्थामा तपाईंहरू कता लाग्ने हो मैले सोध्नुपर्ने हुनसक्छ । त्यसका लागि तयार रहनू,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।

मन्त्रीहरुसँगको छलफलमा उनले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको बताए ।

स्थायी कमिटीको जारी बैठकमा आफ्नो राजीनामा मागिरहेको विषयलाई जोड्दै उनले त्यस्ता कुरालाई अस्वीकार गर्ने बताए। उनले आफूले दुवै पदबाट राजीनामा नदिने प्रष्ट पारेका थिए । प्रधानमन्त्रीले राष्ट्रिय एकता पक्षमा एक हुन आह्वानसमेत गरेका थिए।

यसैबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि कसैले पनि राष्ट्रपतिलाई विवादमा नतान्त आग्रह गरेका छन्।

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं’, ट्विटरमा उनले लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ।‘

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ११ : ०३ बजे

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना