कोरोना रोकथामसँगै अर्थतन्त्र उकास्ने काममा सरकार प्रयत्नशील : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

कोरोना रोकथामसँगै अर्थतन्त्र उकास्ने काममा सरकार प्रयत्नशील : परराष्ट्रमन्त्री ज्ञवाली


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन् ।

सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको अर्थतन्त्रलाई पुनर्ताजगी गर्ने कार्यलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौँ वार्षिक साधारण तथा राष्ट्रिय ज्ञान सम्मेलनलाई आज अनलाइन सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको यो महामारीबाट विश्व नै प्रभावित भएको र विश्वकै अर्थतन्त्र नै गिरेको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न सरकारको एकल प्रयास मात्रै पर्याप्त नहुने भएकाले देशभित्र र देशबाहिर रहेका सबै नेपालीको सहकार्य जरुरी रहेको बताए ।

“कोरोनाको सङ्क्रमण रोक्न र सङ्क्रमण भएकाहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्न सरकारले बन्दोबस्त मिलाएको छ । परीक्षणको दर पनि बढाइएको छ”, मन्त्री ज्ञवालीले भने, “यस महामारीले अर्थतन्त्रमा गहिरो खाल्डाहरु बनाएको छ । आर्थिक चुनौती थपिएको छ । पर्यटन क्षेत्र ध्वस्त हुँदैछ । यस्तो बेला सबैको साथको खाँचो छ । सरकारको प्रयासमात्र पर्याप्त नहुन सक्छ ।”

प्रत्येक वर्ष पाँच लाख विश्व श्रम बजारमा जानेहरु हुनुहुन्छ । त्यो अहिले सम्भावना देखिँदैन । करीब १० लाखको सङ्ख्या बाहिर रहनुभएकाहरु फर्कने अनुमान छ । कूल १५ लाखभन्दा बढीलाई तत्काल स्वदेशमा नै रोजगारी सुनिश्चितता गर्नुपर्ने अवस्था छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, “यस पक्षलाई सरकारले गम्भीरतापूर्वक हेरेको छ ।” अर्थतन्त्रलाई पुरानो लयमै फर्काउन सरकारले तयारी गरिरहेको छ । यस कार्यमा गैरआवासीय नेपालीको पनि साझेदारी रहन्छ भन्ने सरकारलाई विश्वास छ ।

सो अवसरमा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कोरोनापछिको नेपालका बारेमा समेत बहस र छलफल हुनुपर्ने बताए । स्वदेश फर्किएका नेपालीहरुलाई नेपालमै रोजगारी कसरी दिने भन्ने सन्दर्भमा अब हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने नेता कोइरालाको भनाइ थियो ।

एक अर्को प्रसङ्गमा नेता कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय अब विवाद वा छलफलको विषय नभएको बताउँदै संविधानले सुनिश्चित गरिसकेकाले अब त्यसको कार्यान्वयनमात्र बाँकी रहेको उल्लेख गरे ।

यस्तै पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कोरोनाका कारण मानवीय क्षतिसँगै मुलुकको आर्थिक तथा सामाजिक पक्षमा समेत असर पुगेको बताए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहको अध्यक्षता र महासचिव पशुपति पाण्डेको सञ्चालनमा भएको साधारणसभा उद्घाटनमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विदेशमा रहेका नेपाली स्थायी रुपमै नेपालका दूत भएको बताए ।

यसैगरी, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले एनआरएनएले सरकारसँग मिलेर काम गरिरहेको बताउँदै आगामी दिनमा समेत सरकारसँग सहकार्य गरी काम गरिने उल्लेख गरे ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ०४ बजे

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

चितवन– पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका

बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठूलो

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु

तेल अभिभ- गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति अपार्टमेन्ट र

सिन्धुलीमा सवारी दुर्घटना : एक युवकको मृत्यु, एकको अवस्था गम्भीर

कमलामाई– कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एक

हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत