टाटा मोटर्सले ल्यायो सरकारले तोकेको मापदण्ड अनुसारको नयाँ विंगर एम्बुलेन्स « Khabarhub

टाटा मोटर्सले ल्यायो सरकारले तोकेको मापदण्ड अनुसारको नयाँ विंगर एम्बुलेन्स


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यसको बिक्री वितरण गर्दछ ।

टाटा विंगर एम्बुलेन्स, यस्तो पहिलो एम्बुलेन्स हो जुन पूर्ण रूपमा एआइएस १२५ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ र जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको छ र यो तीन भिन्न वर्गहरूमा उपलब्ध छ: क्याटगोरी – सी (कमन लाइफ सपोर्ट), क्याटगोरी – बी (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट) तथा दुई एसी र स्ट्रेचर–कम– बेडसहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ ।

त्यसबाहेक इसीजी मनिटर र अक्सिजन मनिटर, सीपीआर बोर्ड,क्याथेटेराइजेसन सेट लगायत सुविधाहरू रहेको छ ।

३ वर्ष वा ३ लाख किलोमिटर (जुन पहिला हुन्छ त्यही)को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो रहेको कम्पनीको दावी छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ०२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका