सबैभन्दा पिरो खानेले पनि खान नसक्ने यो खोर्सानी « Khabarhub

सबैभन्दा पिरो खानेले पनि खान नसक्ने यो खोर्सानी


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा हिमाल होस् चाहे पहाड वा तराई सबैतिर पिरो स्वादका पारखि भेटिन्छन् ।

अधिकाशं नेपालीलाई खानामा पिरो मन पर्छ । जिरे, डल्ले पिरोका लागी नाम चलेका खोर्सानी हुन् ।

तर यी खोर्सानीलाई समेत मात दिने एक खोर्सानीको प्रजाति छ, क्यारोलिना रिपर ।

क्यारोलिना रिपर खोर्सानी खान हतपत कसैले आटसम्म गर्दैनन् । यो खोर्सानीलाई विश्वको सबैभन्दा पिरो मानिन्छ ।

अमेरिकामा खेती हुने यस खोर्सानी गिनीज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ज छ ।

वैज्ञानिकका अनुसार आजसम्म यो खोर्सानी जति पिरो अरु खोर्सानी भेटिएको छैन ।

कुनैपनि खोर्सानीको पिरोपनालाई एसएचयू अर्थात स्कोवील हिट यूनिटमा मापन गरिन्छ ।

सन् २०१२ मा दक्षिणी कैरोलीनाको विनथ्रप यूनिवर्सिटीमा यस खोर्सानीको पिरोपनाको जाँच गरिएको थियो ।

जहाँ आम पिरो खोसार्नीमा एसएचयू ५ हजार पाइएकोमा यसमा १५ लाख ६९ हजार ३ सय पाइएको थियो ।

अर्थात यो खोसार्नी खान कसैले सक्दैनन् । सक्नेहरुमा निकै ठुलो हिम्मत चाहिन्छ । यो खोर्सानी खाएका मानिस अस्पतालमा भर्ना हुनु परेको रेकर्ड छ ।

क्यारोलिना गिनीज वल्र्ड रेकर्डमा दर्ज हुनु पूर्व भारतको भूत जोलकिया विश्वको सबैभन्दा पिरो खोर्सानी साबित भएको थियो । यो सामान्य खोर्सानीको तुलनामा २ सय गुणा पिरोह हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४६ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ