शनिबार थपिए २३२ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

शनिबार थपिए २३२ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये अछामका ३७ जना, डडेल्धुराका ३ जना, डोटीका ३ जना, गुल्मीका ९ जना, अंचनपुरका ६ जना, नवलपरासीका ४ जना, पाल्पाका १६ जना, प्युुठानका ६ जना, रुपन्देहीका ४ जना, सर्लाहीका १६ जना र सिन्धुपाल्चोकका १२ जना रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये मोरङका एकजना र सिराहाका ६ जना रहेका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये इलामका एकजना, झापाका एकजना र मोरङका ५ जना छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा पोजेटिभ आएको छ । उनीहरु सबै जना झापाका हुन् ।

यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराटमा गरिएको परीक्षणमा ५१ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये सप्तरीका ३६ जना र सिराहाका १५ जना रहेका छन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै धनुषाका हुन् । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये चितवनका ६ जना र नवलपरासी पुर्वका ७ जना छन् ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये बाग्लुङका ३ जना, म्याग्दीका ३ जना, स्याङ्जाका एकजना र तनुहँका एकजना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ५ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये पाल्पाका ३ जना र प्युठानका २ जना रहेका छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा ७ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये बाँकेका ५ जना र रोल्पाका २ जना रहेका छन् । यस्तै दैलेख प्रयोगशालामा दैलेखका एकजनामा पोजेटिभ आएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा २७२ जना डिस्चार्ज

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६४१५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

हालसम्म कोरोनाले ३४ जनाको मृत्यु

नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यु भएको हो । पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको जनाइएको छ । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएकोमा उनको मृत्यु भएको हो ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका  रुपन्देही देवदहका ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने
काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुष गरी कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ५३ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई