मन्त्रीसँग प्रधानमन्त्रीको छलफल सकियो « Khabarhub

मन्त्रीसँग प्रधानमन्त्रीको छलफल सकियो


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्री र राज्यमन्त्रीहरूबीचको छलफल सकिएको छ। भर्खरै बैठक सकिएको मन्त्री तथा राज्यमन्त्रीहरू बालुवाटारबाट बाहिरिने क्रम सुरु भएको छ।

शनिबार साँझ ७ बजे सबै मन्त्री र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। तर के के विषयमा छलफल भएको भन्नेबारे कसैले बोलेका छैनन् ।

राज्यमन्त्री तथा मन्त्रीहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकबाट बाहिरिएका गृहमन्त्री र उर्जामन्त्री बोलेनन्
यसैबीच प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिँदा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्।

छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्रीको नियमित भेट भनेका छन् ।नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ३५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको