मुलुकभर आज १६ विपद्का घटना : ९ जनाको मृत्यु, २० घरमा क्षति « Khabarhub

मुलुकभर आज १६ विपद्का घटना : ९ जनाको मृत्यु, २० घरमा क्षति


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार बझाङको मल्लेसीमा पहिरोले छ जनाको मृत्यु भएको छ । त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पुर्‍याएको छ ।

सिरहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ । नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ । सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले आज सूचनामार्फत जनाएको छ ।

आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४६ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक