विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ३६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८१७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५९ जनाको मृत्यु भएको छ । २९ लाख २३ हजार ५९० जना संक्रमित भएकोमा १७ लाख ५५ हजार २०४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार ८२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५७ लाख ९ हजार २३३ पुगेको छ । त्यसमध्ये २९ लाख ८९ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६७९ जनाको मृत्यु भएको छ । ४५ लाख २३ हजार ३५१ जना संक्रमित भएकोमा ३३ लाख ५७ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४८ हजार ३२७ जनाको मृत्यु भएको छ । ४२ लाख ८५ हजार ५९४ जना संक्रमित भएकोमा २९ लाख १७ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ६७१ जनाको ज्यान गएको छ भने ९ लाख ७२ हजार २८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ३२ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २४६ जनाको मृत्यु भएको छ । २० हजार १०७ जना संक्रमित भएकोमा १२ हजार २७६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ५५ बजे

अध्यक्षमा बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को