जुम्लामा टेलिफोन र इन्टरनेटमा समस्या « Khabarhub

जुम्लामा टेलिफोन र इन्टरनेटमा समस्या


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ ।

जुम्लामा लकडाउनपछि फोन कट्ने, प्रस्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।

सदरमुकाम खलङ्गामा समेत मोबाइल प्रस्ट नसुनिने गरेको उपभोक्ता गुनासो गर्दै आएका छन् । स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको तर यसका लागि सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको बताए ।

नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको बताए ।

उनका अनुसार यसका लागि प्रदेश कार्यालयलाई पत्राचार गरिएको छ । यही साउन ९ गते टेलिकम जुम्लाले प्रदेश कार्यालय सुर्खेतलाई लेखेको पत्रानुसार एक हप्तादेखि मोबाइल र डाटामा समस्या भएकाले यथाशीघ्र पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

ट्रान्समिसन लिङ्क साँघुरो भएकाले बढाउनुपर्ने अवस्था छ । क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ ।

सञ्चारगृहमा समेत इन्टरनेट ढिलाइले एउटा समाचार पठाउन घण्टौँ लाग्ने गरेको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले बताए ।

इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई–प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ । गाउँपालिकामा त झन् हैरान छ ।

पछिल्लो समय बजारमा आएका वल्र्डलिङ्क, एभरेष्टलगायतका इन्टरनेट प्रदायकका इन्टरनेट सेवासमेत ढिलो चल्ने भएकाले हैरान भएको हो । इन्टरनेटका कारण गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । असारमा इन्टरनेटका कारण काम गर्न तनाव भएको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : १३ बजे

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य