पूर्वखेलाडी मल्ललाई ‘गोलकिपर प्रशिक्षक’ बनाउँदै एन्फा « Khabarhub

पूर्वखेलाडी मल्ललाई ‘गोलकिपर प्रशिक्षक’ बनाउँदै एन्फा



काठमाडौं – गोलकिपरका रुपमा रहँदा खेलाडी जीवनमा एकछत्र राज गरेका विकास मल्ल अब राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकको भूमिकामा देखिने भएका छन् ।

फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तगत घरेलु मैदानमा हुने खेलमा विकासलाई गोलकिपर प्रशिक्षकको भूमिका दिने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ ।

कोरोना भाइरसको जोखिमकै बीच पूर्व गोलकिपर प्रशिक्षक जापानी नागरिक मिट्सु मो घरबाट फर्किने अवस्था नरहेको र उनीसँगको सम्झौता समेत सकिएकाले एन्फाले नयाँ प्रशिक्षकका रुपमा मल्ललाई ल्याउने तायरी गरेको हो ।

नेपालका चर्चित गोलकिपर उपेन्द्रमान सिंहलाई रिप्लेस गर्दै मल्लले टोलीको गोलकिपरको जिम्मेवारी सम्हालेका थिए ।

उनले सन् २००५ मा बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालबाट खेल्दै डेब्यु गरेका थिए ।

नेपाली सेनाको मेजर रहेका मल्ल अनुशासीत खेलाडीमा गनिन्छन् । उनलाई राष्ट्रिय टोलीमा ल्याउन मुख्य प्रशिक्षक योहान कालिनसमेत सकारात्मक रहेको एन्फा स्रोत बताउँछ ।

‘विकास आफ्नो करियरका उत्कृष्ट गोलकिपर हुन् । त्यसैले गर्दा पनि उनमा कालिनले त्यो क्षमता देखेको हुनु पर्छ,’ एन्फा स्रोतले भन्यो ।

एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी मल्ललाई अहिलेका गोलकिपर किरण चेमजोङले रिप्लेस गरेका हुन् ।

उपेन्द्रमान सिंहको स्थानमा टोलीमा ठाउँ बनाएका मल्लले खेलेको अन्तिम प्रतियोगिता भने सम्भवतः हैदरावादमा भएको साफ च्याम्पियनसिप नै हो ।

त्यसपछि उनी टोलीमा रहे पनि मैदान उत्रिने अवसर पाएनन् ।

‘मल्ललाई चोटले साथ नदिए पनि उनी पछिसम्मै पनि राम्रो गोलकिपर हुन्,’ फुटबल विश्लेषक सञ्जीव मिश्रले भने, ‘मल्ल राम्रो खेलाडी मात्रै होइनन् अनुसाशित खेलाडी पनि हुन् । उनी राष्ट्रिय टोलीमा आउँदा अहिले उठ्ने गरेको अनुसाशन सम्बन्धी प्रश्न पनि रोकिन सक्छ ।’

गोलकिपर प्रशिक्षकहरुको नाम एन्फाको प्राविधिक समितिसमक्ष पुगिसकेको छ । जसमा मल्लसँगै उज्ज्वल मानन्धर र मल्ललाई प्रशिक्षण दिएका मिग्रेन्द मिश्रको समेत नाम रहेको छ ।

मंगलबारका लागि संयोजक कृष्ण थापाले प्राविधिक समितिको बैठक बोलाए पनि विविध कारणले बस्न नसकेपछि अब बुधबार बस्ने बैठकले गोलकिपर प्रशिक्षकको नाम टुङ्गो लगाउने छ ।

एन्फाले गोलकिपरमा मल्लको नाम सिफारिस गरेपछि आर्मीसँगको अनुमतिका लागि एन्फाले पत्र पठाउनुपर्नेछ । आर्मीको मेजर रहेका मल्ललाई आर्मीले एन्फाको पत्र पाएपछि करारमा पठाउन सक्छ ।

यदि कुनै प्रक्रिया मिलेन भने आर्मीले अस्वीकृत पनि गर्न सक्छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : ०४ बजे

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्