सुशान्त आत्महत्या केश: बिहार सरकारले दियो सीबीआई जाँचको सिफारिस « Khabarhub

सुशान्त आत्महत्या केश: बिहार सरकारले दियो सीबीआई जाँचको सिफारिस


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई अनुसन्धान गर्न सिफारिस गरिएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले सीबीआई जाँचका लागि केन्द्र सरकारसँग सिफारिस गरेका हुन् ।

सुशान्त सिंह राजपूतका पिताले मंगलवार मुख्यमन्त्रीलाई भेटेर सीबीआई जाँचको माग गरेका थिए ।

भारतीय सञ्चारमाध्यम आजतकसँगको कुराकानीमा नितिश कुमारले सुशान्तका पितासँग आफ्नो कुरा भएको बताएका छन् । आज साँझसम्म सबै कागज तयारी गरिने उनले बताए ।

सुशान्तका वकिलले मुम्बई प्रहरीमाथि आरोप लगाएका छन् । उनले मुम्बई प्रहरी रिया चक्रवर्तीसँग मिलेको आरोप लगाउँदै आएका छन् ।

रिया चक्रवर्ती सुशान्तकी पूर्वप्रेमिका हुन् । उनकै कारण सुशान्तले आत्महत्या गर्न बाध्य भएको परिवारले आरोप लगाएको छ । सुशान्तका पिता केके सिंहले रियाविरुद्ध बिहार प्रहरीमा उजुरी दिएका छन् ।

सुशान्त सिंह राजपूत गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने