नेकपाको विवाद हल गर्न प्रचण्ड-बामदेवबीच छलफल « Khabarhub

नेकपाको विवाद हल गर्न प्रचण्ड-बामदेवबीच छलफल


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्न नेताहरुको दौडधुप जारी छ । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

गौतमलाई भेट प्रचण्ड भैसेपार्टी पुगेका थिए । दुवै नेताबीच पार्टीको विवाद हल गर्ने विषयमा छलफल भएको थियो ।

उपाध्यक्ष गौतमले पार्टीको विवाद मिलाउन यहि श्रावण १३ गते ६ बुँदे प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु हुदैन भन्ने पक्षमा उभिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।

अध्यक्ष प्रचण्डले गौतमसँग अहिलेको विवाद र समाधानका बारेमा छलफल गरेको बुझिएको छ । यस अघि प्रधानमन्त्री ओलीपनि यहि श्रावण १३ गते साँझ वामदेव निवास पुगेर फर्किएका थिए ।

प्रचण्डले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीमै सबै समस्याको समाधान खोजिनुपर्ने बताउदै आएका छन् ।

प्रधानमन्त्री ओलीले भने आफुले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्ने बाहेक अन्य विषयमा मात्र छलफल गर्न तयार रहेको बताउदै आएका छन् ।

यसअघि अन्तिम पटक दुवै अध्यक्षबीच सोमबार छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन । दुवै अध्यक्षबीच आज पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : ५५ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको