ओली-प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन « Khabarhub

ओली-प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वयको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्वाङसहित बालुवाटारमा बसेको बैठक सकारात्मक भएपनि कुनै सहमित बिनै सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुबै अध्यक्षबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।

मंगलबारको बैठकबाट ठोस निस्कर्ष भने निस्किएन। नेताहरूले स्थायी कमिटी बैठक राख्न प्रस्ताव गरेपनि ओली राजी भएनन्। ओलीले स्थायी कमिटीको बैठक राख्ने विषयमा सहमति नजनाएपछि बैठक छलफल टुंगिएको हो।

​प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ राखेर तीन दिनदेखि हरेक दिन छलफल भइरहेको छ। नेताहरुबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन।

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन ।

ओलीसँगको भेटवार्ताअघि प्रचण्डले मंगलवार बिहान उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका थिए । नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ५५ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय