मौरीको विषले स्तन क्यान्सर गराउने कोष मार्ने निष्कर्ष « Khabarhub

मौरीको विषले स्तन क्यान्सर गराउने कोष मार्ने निष्कर्ष


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्।

उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो।

यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन्।

संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो।

वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन्।

अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ।

पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले अध्ययनको निष्कर्ष नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशन गरेको छ।

अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो।

अध्ययनको नेतृत्व गरेकी २५ वर्षीया सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक थेरै प्रभावकारी भएको बताइन्।

विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पुर्‍याएको बताइएको छ। तर अरू मात्रा दिँदा विषको असर बढेको थियो।

अध्ययनकर्ताहरूले मेलिट्टिले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोकिदिने वा निष्क्रिय पारिदिने पत्ता लगाएका छन्।

मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिन्छ।

स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल-नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिन्छ। बीबीसीबाट

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ३३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार