यस्ता लक्षण देखिए हुनसक्छ स्तन क्यान्सरको खतरा « Khabarhub

यस्ता लक्षण देखिए हुनसक्छ स्तन क्यान्सरको खतरा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय महिलामा स्तन क्यान्सर हुने गर्दछ । स्तनको कोष असामान्य बढ्नुलाई स्तन क्यान्सर भनिन्छ । महिलाहरुमा हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रोमा पर्दछ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुने गर्दछ । स्तन क्यान्सर हुनु अगावै यसको संकेतबाट अनुमान गर्न सकिन्छ ।

यस्ता छन् स्तन क्यान्सरका लक्षणहरु :
१. स्तनमा नदुख्ने गाठो आउनु ।
२. स्तनको मुन्टाबाट रगत बग्नु ।
३. स्तनको मुन्टा भित्र पस्नु ।
४. छालामा निको नहुने घाउ आउनु ।
५. काखीमा गाँठो आउनु ।
६. स्तनको रङ परिवर्तन हुनु ।

स्तन क्यान्सर विभिन्न कारणले हुने गर्दछ । जसमध्ये मुख्य कारण निम्न छन् ।
१. स्तनपान नगराउँदा
स्तनपान गराउने आमाले शिशुलाई दूध नखुवाउँदा पनि स्तन क्यान्सरको संभावना हुन्छ ।
२. सन्तान नभएका महिला
सन्तान नभएका महिला वा बढि उमेरसम्म बच्चा नजन्माउने महिलामा पनि स्तन क्यासर हुनसक्छ ।
३. वंशाणुगत
रगतका नातामध्ये परीवारका कोहि एक सदस्यमा भए वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन्छ ।
४. हर्माेनको गडबढी
महिलाहरुमा हुने हर्मोनहरुमा गडबडीका कारणले पनि स्तन क्यान्सर हुने संभावना हुन्छ ।
५. नशालु पर्दागको सेवन
नियमित मदिरा वा नशाजन्य पर्दागको सेवन गर्ने महिलामा समेत स्तन क्यान्सरको संभावना हुन्छ ।
६. परिवार नियोजनको साधन
कतिपय अवस्थामा परिवार नियोजनका साधनहरुले पनि महिलामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।
७. महिनावारीको अनियमितता
नियमित महिनावारी नभए वा महिनावारी अनियमित भएका महिलाहरुमा पनि स्तन क्यान्सर हुन सक्छ ।
त्यसैले स्तनमा देखिने सा–साना समस्याहरुलाई वेवास्ता गर्नु हुदैन । स्तनमा केहि समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिनु पर्दछ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ४६ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई