टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का « Khabarhub

टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।

‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो ।

जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ ।

विश्वभर नै घट्यो इन्टरनेट स्पिड

लकडाउनका कारण अनलाइन प्रयोजनमा इन्टरनेटको प्रयोग बढ्दा विश्वभर नै इन्टरनेटको स्पिड घटेको छ । एमल्याबले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो ।

उक्त अध्ययनअनुसार लकडाउनअघि विश्वको औसत इन्टरनेट स्पिड २९.३६ एमबीपीएस रहेकामा लकडाउनमा ६.३१ प्रतिशतले घटेर २७.५१ एमबीपीएस पुगेको छ ।

नेपालको औसत इन्टरनेट स्पिड लकडाउनअघि ५.५३ एमबीपीएस रहेकामा लकडाउनमा घटेर ४.५२ एमबीपीएस पुगेको छ । यसबीचमा चीनको इन्टरनेट स्पिड सबैभन्दा धेरै खस्किएको पाइएको छ । लकडाउनअघि चीनको १२.५८ एमबीपीएस औसत इन्टरनेट स्पिड रहेकामा लकडाउनमा घटेर ६.१७ एमबीपीएस रहेको अध्ययनले देखाएको छ । गोरखापत्र दैनिबाट

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ५९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले