कर्फ्यूले ललितपुर क्षेत्र सुनसान (फोटो फिचर) « Khabarhub

कर्फ्यूले ललितपुर क्षेत्र सुनसान (फोटो फिचर)



काठमाडौं- ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।

हिजो रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

ललितपुर महानगरभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको क्षेत्रमा कर्फ्यू लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले बताए ।

कर्फ्यूको समयमा आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न रोक लगाइएको छ। स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा भने रोक लाग्ने छैन। त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए।

कर्फ्यूले ललितपुर क्षेत्र सुनसान बनेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : ५२ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर